अछामका तीन पालिकासहित बाजुरा जाने विद्युत अवरूद्दः रूख ढलेर खम्बा भाँचिए

अछाम । लगातारको झरीका कारण अछाम र बाजुरा जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतको तारमा रुख ढलेका कारण कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ ।

कमलबजार, ढकारी र तुर्माखाँदमा जाने विद्युतको कमलबजार नगरपालिका–६ गैरीटाँड बजार नजिक रुख ढलेर तीन वटा खम्बा भाँचिएपछि विद्युत अवरुद्ध भएको अछाम वितरण केन्द्र प्रमुख हिक्मत बिसिीले जानकारी दिनुभयो । सदरमुकाम मंगलसेनमा भाँचिएको विद्युतको खम्बा मर्मत गरेर विद्युत नियमित गर्ने काम भइरहेको छ ।

विद्युत समेत खम्बा भाँचिएका कारण अछामको साँफे भएर बाजुरा गएको विद्युत सेवा समेत अवरुद्ध भएको छ । बुढाबगरको विद्युतको खम्बा भाँचिदा साँफेबगर नगरपालिका–१३ बाब्लामा पनि विद्युत अवरोध भएको वडा अध्यक्ष रुप बहादुर कुँवरले जानकारी दिनुभयो ।

रुख ढलेर विद्युत अवरुद्ध भएका स्थानमा विद्युतका कर्मचारी खटिएर बिजुलीलाई सुचारु गर्ने काम भइरहेको बताइएको छ । “दिनभरीको झरीले काम राम्ररी गर्न पाइएको छैन, हाम्रा कर्मचारीहरु विद्युतलाई बनाउन लागि रहेका छन् ।” बिसीले भन्नुभयो । विद्युत मर्मतका लागि नेपाल प्रहरी र केही स्थानीय पनि सहभागिता रहेको बताइएको छ ।

झरीका कारण ग्रामीण सडकहरु अवरुद्ध भएका छन् भने खोलानालामा पानीको बहाव निकै बढेको छ । अछाममा शुक्रबार बेलुकीबाट निरन्तर रुपमा झरी परिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page