सरकार सत्ता टिकाउन मात्रै केन्द्रितः उपमहासचिव ज्ञवाली

अछाम । नेकपा (एमाले)का उपमहासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन मात्रै केन्द्रित भएको आरोप लगाउनु भएको छ । अछाम सदरमुकामम मंगलसेनमा प्रेस चौतारीले आज आयोजित पत्रकार सम्मेलनमा देशका साझा विषय भन्दा कुर्सी जोगाउन सरकार लागेको भनाइ राख्नुभएको हो ।
राष्ट्रिय एकता, अर्थतन्त्र र समातामुलक समाज निर्माण र देशको अस्थितरतामा भन्दा सत्ता टिकाएर स्वार्थ पूरा गर्ने भनाइ राख्नुभयो । “राष्ट्रका साझा मुद्धामा राष्ट्रिय एकता हुन सकेको छैन, अर्थतन्त्र धरासायी हुँदैछ, राजनीति अस्थितरतातिर जाँदैछ त्यसमा सरकारलाई कत्तिपनि चिन्ता छैन ।” प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, १९५० को असमान सन्धी, इपिजि प्रतिवेदन, हवाइ रुटका बारेमा सम्झौता हुन नसकेपनि भारतले आफ्नो चाहना पूरा गरेको भनाइ राख्नुभयो । उहाँले वर्तमान सरकार राष्ट्रका साझा मुद्धामा कमजोर बनेको बताउनुभएको छ ।
आफ्नो पार्टी वर्तमान सरकार ढाल्ने पक्षमा हाल नभएको भन्दै सरकारकै कारण देश संकटतिर गएको भनाइ राख्नुभयो । पत्रकारको प्रश्नमा ज्ञवालीले काँग्रेसभित्र पनि सरकार परिवर्तनको पक्षमा रहेपनि निर्णायक नभएको भनाइ उहाँको छ । देशमा हुने सबै प्रकारका भ्रष्टाचार लगायतका सुशासनका विरुद्धका काम छानविनमा आफ्नो पार्टी दृढतापूर्वक सरकारलाई सहयोग गर्न तयार रहेको भनाइ उहाँको छ । तर राजनीतिक वा अन्य तरिकाले पूर्वाग्राही नभइ प्रहरी र अदालतलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने भनाइ छ ।
उपमहासचिव ज्ञवालीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अछाम अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो । ज्ञवाली नेकपा (एमाले) अछामद्धारा आयोजित जिल्लास्तरिय प्रशिणमा अछाम पुग्नुभएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page