मंगलसेन नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

अछाम । मंगलसेन नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै नगरपालिकालाई बुधबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्रका चारसय ११ बालबालिकाले नियमित खोप पाएकोले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

चारसय चार जनाले नियमित खोप लाएका र छुट भएका सात जना बालबालिकालाई सर्वेक्षणका क्रममा भेटिपछि खोप लाएपछि पूर्ण खोपको घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभयो । १४ वटा वडा रहेको नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त घोषणा गरेपछि नगरलाई नै घोषणा गरिएको हो

नगरपालिकामा आयोजित एक समारोहका बीचमा नगरप्रमुख पदम बहादुर बोहराले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गर्नुभयो । यसअघि गएको जेठ ११ देखि असार १ गतेसम्म विभिन्न वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो । घोषणा गरिएको वडा अनुसार वडा नम्बर १ मा १४, २ मा १०, ३ मा १५, ४ मा ५५, ५ मा ६२ र ६ मा १६ जना बालबालिकाले पूर्ण खोप पाएको तथ्यांक रहेको छ । यस्तै नगरको वडा नम्बर ७ मा ५३, ८ मा ४४ जना, ९ मा ३२, १० मा ४, ११ मा १६, १२ मा ३२, १३ मा ४१, र १४ मा १८ जना बालबालिकाले खोप पाएको स्वास्थ्य शाखाको तथ्यांक छ ।

खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पूरा गरेर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणामा पुर्याएकोमा संलग्न सबैलाई नगर प्रमुख बोहराले धन्यवाद दिनुभएको छ । स्वास्थ्य क्षेत्र अति संवेदनशिल क्षेत्र भएकोले यसमा संलग्न व्यक्तिहरुले अझै सक्रिय भएर सेवा दिनुपर्ने भनाइ राख्नुभयो । नगरपालिकाले यस क्षेत्रका बासिन्दाको स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको भन्दै आगामी दिनमा यसलाई अझै परिष्कृत बनाएर लैजाने बताउनुभयो ।

घोषणा कार्यक्रममा नगर उपप्रमुख संगीता रावल, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, १४ वटै वडा अध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारीहरु र महिला स्वयमसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका सिनियर अहेव चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!