सरकारद्वारा १८ खर्ब ६० अर्ब बजेट सार्वजनिक (पुर्णपाठ सहित)
अछाम । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बढीको बजेट संसद सामु प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्नुभएको छ ।
चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।