Palika dasin suvakamana

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्नः दशपल्लेपानी माविका सुजन प्रथम

Palika dasin suvakamana

मंगलसेन । अछाम जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । प्रतियोगितामा २८ जना प्रतियोगी मध्येमा चौरपाटी गाउँपालिकाको दशपल्लेपानी माविका सुजन पार्की प्रथम भएका छन् ।

प्रतियोगितामा साँफेबगर नगरपालिकामा रहेको महेन्द्र मावि वयलपाटाका समिरा भुल दोस्रो र मंगलसेन नगरपालिकामा रहेको गंगा मावि तेसिंगेका मदन भण्डारी तेस्रो भएका छन् । प्रतियोगितामा साँफेबगरस्थित हिमालय माविका अनिता साउँद सान्त्वना विजयी भएका छन् । प्रथमले कर काटेर दश हजार नगद, प्रमाणपत्र र खादा लाएर पुरस्कृत गरिएको छ । यस्तै दोश्रो हुनेले सात हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुनेले पाँच हजार नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

सामाजिक विकास कार्यालय अछामका प्रमुख राधाकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्ट रहनुभएको थियो । पुरस्कार वितरणका क्रममा विष्टले विजयीलाई बधाइ दिँदै प्रतियोगिलाई थप हौसला लिएर आगामी दिनमा प्रगति गर्नका लागि प्रमुख अथिति विष्टले सुझाव दिनुभयो । प्रमुख अथिति विष्टले सबै विद्यार्थीको प्रतिभा निकै सह्रानीय भएको भन्दै आगामी दिनमा यसलाई बढाएर लैजानुपर्नेमा जोड दिनुभयो । वक्तृत्वकला प्रतियोगिताले नेतृत्व क्षमता विकासको अवसर हुने भनाइ राख्नुभयो ।

कार्यक्रमका अथिती शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मावि बाब्लाका प्रधानाध्यापक तिलक कुँवरले विद्यार्थीको क्षमता विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भनाइ राख्नुभयो । उपाध्यक्ष कुँवरले ज्ञानका हिसाबमा हरेक बालबालिकाहरुमा कुनै न कुनै प्रतिभा हुने भएकोले त्यसको समयमै पहिचान गर्न आवश्यक रहेको भनाइ राख्नुभयो ।

वक्तृत्वकला प्रतियोगिताको मूल्यांकन अछाम बहुमुखी क्याम्पसमा सहप्रध्यापक मानबहादुर बुढाको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख मदनबहादुर विष्ट र क्याम्पसका सहप्राध्यापक हरेकसिंह धामी रहनुभएको थियो । २८ जना विद्यार्थीले प्रतियोगिताका अवधिमा “विश्व शान्ति निर्माणमा बुद्ध दर्शनको भूमिका” का विषयमा राखिएका तर्कको मूल्यांकन उक्त टोलीले गरेको थियो ।

सामाजिक विकास कार्यालयको आयोजनामा जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत माध्यामिक तहका विद्यार्थीहरुका बीचमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा साँफेबगर नगरपालिकाकाबाट दश, कमलबजार नगरपालिकाका पाँच र मंगलसेन नगरपालिकाबाट चार विद्यालयबाट विद्यार्थी सहभागी रहेका थिए । यस्तै बान्नीगढी जयगढ गाउँपलिकाबाट तीन, चौरपाटी गाउँपलिकाका दुई, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद र रामारोशन गाउँपालिकाबाट एक/एक विद्यालयबाट विद्यार्थी सहभागी रहेका थिए । ढकारी र मेल्लेख गाउँपालिकाबाट भने कुनै विद्यालयबाट प्रतियोगितामा सहभागी नरहेको बताइएको छ ।

कुन विद्यालयका कुन विद्यार्थी सहभागी भए ? हेर्नुहोस् 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page