राष्ट्रपति अस्वस्थ भएपछि सरकारकाे नीति र कार्यक्रम प्रधानमन्त्रीले नै पढ्नेमा छलफल
काठमाडौं । भारतमा उपचार गरेर आए पनि राष्ट्रपति रामचन्द्र पाैडेल अझै स्वस्थ भएका छैनन् । उनले सरकारकाे नीति र कार्यक्रम वाचन पूरै वाचन गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले नै वाचन गर्ने तयारी भएकाे छ ।
सरकारले जेठ ५ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मङ्गलवार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने जानकारी गराए । नेपालप्रेसबाट