एमाले ढकारीमा सर्वसम्मत नेतृत्व चयनः अध्यक्षमा बुढा

अछाम । नेकपा (एमाले) ढकारी गाउँ कमिटीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले महादेव बुढाको नेतृत्वमा ३५ सदस्यीय गाउँ कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा प्रेम साउँद, सचिवमा भवानी प्रसाद उपाध्याय र उपसचिवमा भीमबहादुर भुल र धनसरा थापा लगायत सदस्य चयन हुनुभएकाे छ । नवनिर्वाचित कमिटीका सदस्यहरुलाई सपथ ग्रहण र प्रमाणपत्र प्रदान गरिएको छ ।

अधिवेशन हिजो नेकपा एमाले) का केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्बर २ का इन्चार्ज यज्ञबहादुर बोगटीले उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!