नगर प्रमुखको मत पुनः गणना गर्न दुइ वर्षपछि अदालतको आदेश
अछाम । तनहुँको व्यास नगरपालिका प्रमुखको दुइ वर्षपछि पुनः मत गणना गर्नुपर्ने भएको छ । यस्तो आदेश उच्च अदालत पोखराले दिएको हो ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै अदालत गएका थिए । सोही मुद्दामा अदालतले पुनः मत गणाना गर्न आदेश दिएको खबरहरू सार्वजनिक भएका छन् ।
उक्त निर्वाचनमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग जोशी दुई सय ५२ मतले पराजित भएका थिए । पुनः मतगणनाको माग गरिरहेका जोशी उच्च अदालतसम्म पुगेपछि दुइ वर्षपछि अदालतले पुनः मतगणनाको आदेश दिएको हो ।
व्यास नगरपालिकाको प्रमुखमा विजयी हुनुभएका न्यौपानेले १२ हजार ७८ मत ल्याएका थिए भने प्रमुखमा पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । पुनः मतगणनाले कस्तो परिणाम आउने हो भनेर निकै चाँसोको रूपमा हेरिएको छ ।