षोडशा माविमा स्वास्थ्य तथा पोषण सप्ताह प्रारम्भ (फोटोहरूसहित)

मंगलसेन । सदरमुकाममा रहेकाे षोडशा माविमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह प्रारम्भ गरिएकाे छ । विद्यालयमा अध्ययनरत बालबलिकाहरूलाइ कुपोषण हुन नदिन र त्यस बारेमा जानकारी दिनका लागि सप्ताह सुरू गरिएकाे बताइएकाे छ । 

पहिलाे दिनमा कार्यक्रमको सुभारम्भसँगै विद्यालयमा पोषणयुक्त खानाहरूकाे प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा पोषण के हाे ? यसकाे कमीका कारण हुने हानीहरू के के हुन् ? सँगै पोषणका बारेमा विद्यालयमा जानकारीमुलक सामग्री राखिएका छन् । विद्यालयमै पोषण कर्नरको स्थापना गरेर विभिन्न खाद्य सामग्रीहरू समेत राखिएका पाइएकाे छ । स्वास्थ्य तथा पोषण सप्ताह एक हप्ता चल्ने उक्त विद्यालयका नर्स तुलसी साउँदले जानकारी दिनुभयाे । उक्त अविधमा विद्यार्थीहरूलाइ जुकाकाे औषधि खुवाउने, स्वास्थ्य परीक्षण लगायतका काम हुने बताइएकाे छ । 

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह प्रारम्भ कार्यक्रममा मंगलसेन नगरपािलकाका स्वास्थ्य शाख प्रमुख चन्द्रप्रसाद ढुंगाना, रेडक्रस अछामका सभापति रत्नप्रसाद ढुंगाना, आइडिएसका रेखा केसी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेकाे थियो । षोडशा माविका प्रधानाध्यापक मदनबहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका नर्स तुलसी साउँदले गर्नुभएकाे थियो । 

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत २०७६ जेठको पहिलो हप्ता (१ देखि ७ सम्म) कक्षा १-१० सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा सप्ताह मनाउने घोषणा सरकारले यसअघि नै गरेकाे थियो । जिल्लाका अन्य विद्यालयमा समेत यस्ताे सप्ताह मनाइएकाे खबरहरू छन् । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page