अनेरास्ववियु स्थापना दिवसः अछाम अस्पतालका बिरामीलाई फलफूल वितरण

अछाम । अनेरास्ववियुको ६० औं स्थापना दिवसको अवसरमा अछाममा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएर उपचारत बिरामीहरुलाई फलफूल वितरण गरिएको अनेरास्ववियु अछामका अध्यक्ष प्रेम देवकोटाले जानकारी दिनुभयो ।

फलफूल वितरणका क्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा निवर्तमान सांसद यज्ञबहादुर बोगटी, उक्त पार्टीका निवर्तमान प्रदेश सदस्य डीवी साउँद, जिल्ला सचिव भीमबहादुर रावल, जिल्ला सदस्य नरेश कुमार शाही, अनेरास्ववियुमा संलग्नहरुको सहभागिता रहेको थियो । 

फलफूल वितरणका क्रममा बोगटीले अस्पतालमा उपचाररत रहेका सबै बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । अनेरास्ववियु स्थापना दिवसको शुभकामना दिँदै बोगटीले नेपालको शिक्षा क्षेत्रमा अनेरास्ववियुले महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनमा विद्यार्थीको हकहितमा अझै सक्रिय भएर लाग्न सुझाव दिनुभएको छ ।

सहभागी पार्टीका नेता तथा शुभच्छुकहरुले स्थापना दिवसको शुभकामना दिएका छन् । अनेरास्ववियु अछामका अध्यक्ष प्रेम देवकाेटाकाे नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हाे । अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page