दुई नगरमा एमालेका कमिटी सर्वसम्मतः मंगलसेनमा रावल, साँफेबगरमा कुँवरको नेतृत्व

अछाम । नेकपा (एमाले) मंगलसेन नगर कमिटीको दोस्रो अधिवेशनले सर्वसम्मत ४७ सदस्यीय नगर कमिटी चयन गरेको छ । नगर कमिटीका सचिव डम्बरबहादुर रावल अध्यक्ष हुने गरी उक्त कमिटी चयन गरिएको हो ।

अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा खकेन्द्रबहादुर सोडारी, सचिवमा कालुसिंह विक, उपसचिवमा मिठ्ठुुबहादुर विक, उपसचिवमा मनिषा केसी साउँद सहित ४७ सदस्यीय नगर कमिटी चयन गरिएका हो । नव निर्वाचित कमिटीलाई सपथ ग्रहण पश्चात आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यको थालनी गरिएको बताइएको छ ।

नगर अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रका प्रमुख अथिति, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा अछाम क्षेत्र नं. २ का इन्चार्ज यज्ञबहादुर बोगटी रहनु भएको थियो । कार्यक्रममा जिल्ला सचिव हिरण्ड भट्टराई, जिल्ला कमिटी पूर्व अध्यक्ष चन्द्र बोहरालगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै नेकपा (एमाले) साँफेबगर नगर कमिटीको दोस्रो अधिवेशनले ४१ जनाको नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । एमाले नेता हिरण्ड बहादुर कुँवर अध्यक्ष रहने गरी उक्त कमिटी चयन गरिएको हो ।

अधिवेशनको बन्दसत्रले कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा कुलबहादुर विष्ट, सचीवमा भीम बडाहित, उपसचिवमा हर्क बोहरा सहित सदस्यहरु रहनुभएको छ । नव निर्वाचित कमिटीलाई सपथ ग्रहण पश्चात कार्यको थालनी गरिएको बताइएको छ ।

नगर अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेनाले गर्नुभएको थियो । अधिवेशनमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिनबहादुर कुँवर, पशुपति कुँवर, जयन्द्र, स्वार, जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्याय लगायत नेता, कार्यकर्ता रहनुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!