कार्यसम्पादन बढाउन मेल्लेखका जनप्रतिनिधि र कर्मचारीलाई कार्यशाला

अछाम । कार्यसम्पादन बढाउन स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाइ मेल्लेखमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।
कार्यसम्पादनका आगामी दिनका प्रक्रिया, जिम्मेवारी र विगतका समीक्षाका बारेमा अभिमुखीकरण गरिएको छ । मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले गर्ने काम कर्तव्यप्रति जिम्मेवार भइ बाँकी रहेका सूचक पूरा गर्न छलफल गरिएको छ । विगतको समीक्षा सहित गाउँपालिकाको कार्यसम्पादनलाई जिम्मेवार बनाएर आगामी दिनमा लैजानका लागि अभिमुखीकरण गरिएको हो ।
नीति, नियम, कार्यविधि, मार्गनिर्देशन अनुसार आगामी दिनमा गाउँपालिकामा कुनै कमजोरी नहुनेगरी कार्ययोजना सहित अघि बढ्ने बताइएको छ । मेल्लेख गाउँपालिका–६ का वडा अध्यक्ष तथा आर्थिक विकास संयोजक तिलक बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँद रहनुभएको थियो ।
अध्यक्ष साउँदले मेल्लेख गाउँपालिकालाई डिजिटल स्मार्ट पालिका बनाउन आफ्नो विषयक्षेत्रमा रहेर जवाफदेही, उत्तरदायी भएर कार्य सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्काले यसअघि कार्यसम्पदानका क्रममा भएका कमजोरीलाई सुधार गर्दै आगामी क्रियाकलापप्रति सबै पक्ष जिम्मेवार हुनुपर्ने भनाइ राख्नुभयो । गाउँपालिकाका प्रशासकीय अधिकृत संगीता ताम्राकारले पालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्रवाहमा कुनै पनि कमी हुन नदिने भनाइ राख्नुभएको बताइएको छ ।
मेल्लेख गाउँपालिकाको समन्वय सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत प्रशिक्षण केन्द्र डोटीको सहयोगमा अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा र सहजिकरण लोक बहादुर थापाले गर्नुभएको खबर प्राप्त भएको छ ।
यस्तै मेल्लेख गाउँपालिकामै मध्यकालिन खर्च संरचना क्षमता विकास योजना राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लाल बहादुर चदाराकाे सहयाेगमा