अछाममा एकैसाथ २५ खरिदार सिफारिसः विनायकमा मात्रै ९ जना

मंगलसेन । अछाममा विभिन्न स्थानीय तहका लागि २५ जना खरिदार सिफारिस भएका छन् । प्रशासन सेवा अन्र्तगत चौथो तह सहायक/सहायक लेखापाल पदमा सेवा गर्न अछाम आउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले अछामका मेल्लेख गाउँपालिका बाहेक सबै स्थानीय तहमा खरिदार सिफारिस गरेको हो । सिफारिस गरिएका मध्येमा सबैभन्दा पञ्चदेवल विनायक नगरपालिकामा ९ जना, कमलबजार नगरपालिका, तुर्माखाँद, चौरपाटी गाउँपालिकामा ३/३ जना आउने भएका छन् । यस्तै मंगलसेन नगरपालिका र ढकारी गाउँपालिकामा २/२ जना, बान्नीगढी जयगढ, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकामा १/१ जनाको सिफारिस भएको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा अछामकै महेन्द्र बुढा, जुम्लाका सुरज कामी र धनबहादुर बोहरा, दैलेखका महेश गिरी, दार्चुलाका अनिस लुहार, बझाङकी रिता कुमारी विष्ट, मकवानपुरका सुसन भुजेल, रौतहटका सञ्जय कुमार यादव, दाङका सनि कक्रेलको सिफारिस भएको छ । तुर्माखाँद गाउँपालिकामा दैलेखका खगेन्द्र प्रसाद रिजाल, बर्दियाका विवस चौधरी र रौतहटका रविन्द्र प्रसाद यादव रहेका छन् । यस्तै कमलबजार नगरपालिकामा अछामकै कलावती जोशी, रुकुमपश्चिमका गंगा ओली र यमुना खड्का आउने भएका छन् ।

चौरपाटी गाउँपलिकामा अछामकै मंगलराज जोशी, जाजरकोटका क्षितिज नेपाली, रुकुम पश्चिमकी सिर्जना रोकाया आउने छन् । मंगलसेन नगरपालिकामा कालिकोटका कासिकन्या उपाध्याय र महोत्तरीका ओमशंकर यादव सिफारिसमा परेका छन् । ढकारी गाउँपालिकामा रौतहटका विरबहादुर चौरसिया र पर्साका अजय कुमार यादव आउनेछन् । यस्तै साँफेबगर नगरपालिकामा बझाङका करनराज जोशी, रामारोशनमा सुर्खेतका हिमराज थापा र बान्नीगढी जयगढ गाउँपालिकामा बर्दियाका महेश चौधरीको सिफारिस भएको हो ।

प्रदेश लोकसेवा आयोगले बिहीबार बेलुकी प्रकाशित गरेको अन्तिम नतिजा प्रकाशित गरेको थियो । खुला तथा आरक्षण गरेका ८८ जना सिफारिस भएका मध्येमा अछामका ३ जना मात्रै परेका छन् । खरिदार सिफारिस हुने ३ जना खुलाबाट आएका हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page