वयलपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन भोलि

अछाम । बयालपाटा अस्पतालमा भोलीदेखि दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ सुरु हुने भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ गते देखि दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ सुरु हुने भएको हो ।

नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको पहिलो २ दिन प्रि वर्कसप सम्मेलन हुदैँ छ । जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्ता लगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हात खुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाई कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन बिश्वबिद्यालयको प्राविधिक वर्कसप सुरु भएको हो ।

तेश्रो तथा अन्तिम दिन बैशाख २९ गते शनिबार देशका बिभिन्न ठाँउबाट सहभागी हुन आएका अर्थोपेडिक सर्जन, एमडिजिपी डाक्टर, मेडिकल अधिकृत लगायतले आ आफ्ना क्षेत्रमा भएका सिकाई र भोगाई प्रस्तुत गर्नेछन् । यस्तै बिभिन्न क्षेत्रकाबाट आएका डाक्टरहरु संग ग्रामिण क्षेत्रमा ट्रमा केयर प्रदान गर्ने चुनौती र अवसरका बारेमा सामुहिक छलफल समेत हुने आयोजक न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

निर्देशक डा. पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुरयाउन र अहिले पाईरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ । यसका साथै बयालपाटा अस्पतालले बिगत ९ बर्ष देखि निशुल्क रुपमा दिईरहेको ट्रमा तथा अर्थोपेडिक सेवा सम्बन्धि भोगाई र सिकाईको अनुभव आदान प्रदान गर्नु सम्मेलनको अर्को उदेश्य रहेको डाक्टर पाठकको भनाई छ ।

ब्राउन बिश्वबिद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साईन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासंगको सहकार्यमा सम्मेनलको आयोजना भएको हो । सुदूरअाज डटकमबाट 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page