चट्याङले सुतारमा एक बालकको मृत्यु, भैसी पनि मर्यो

अछाम । हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ । सोमबार बेलुकी परेको चट्याङले रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको निधन भएको हो । 

घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलम‌ै निधन भएको पूर्व वडा अध्यक्ष खडक भण्डारीले जानकारी दिनुभयो । फोनको नेटवर्क नभएका कारण बिहान मात्रै प्रहरीलाई जानकारी दिएको भण्डारीको भनाइ छ ।

सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page