मंगलसेन नगरले उद्योग मन्त्री भण्डारीलाई बुझायो यस्ता ११ माग
मंगलसेन । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई मंगलसेन नगरपालिकाले ११ वटा मागपत्र पेश गरेको छ । मन्त्री भण्डारीलाई मंगलसेन नगरपालिकाको कार्यालयमा स्वागत एवम् सम्मान गर्दै नगर प्रमुख पदम बहादुर बोहराले विकास निर्माणका मागपत्र पेश गर्नुभएको हो ।
माग पत्रमा शहरी सघन कार्यक्रम, मंगलसेन बजार कालोपत्रे, मगलसेन बस्ती लोडेघाट सडक, मंगलसेन खेलमैदान, औद्यौगिक ग्राम स्थापनाका लागि बजेट माग गरिएको छ । यस्तै चाइरा धान पकेट विकास, मंगलसेन, बृहत लिफ्ट खानेपानी निर्माण, मंगलसेन दरबार पुनर्निमाण, खरको छाना विस्थापित, सामुदायिक विद्यालयमा जस्तापाता विस्थापित, मंगलसेन वलिगाँउ शिला रामारोशन सडक ग्रावेलको लागि बजेट माग गरिएको छ ।
मन्त्री भण्डारीले बजेट निर्माणको क्रममा सरकार रहेकोले आफूले सक्नेजति कार्यक्रमलाई बजेटमा पार्ने भनाइ राख्नुभयो । मन्त्री भण्डारीले स्थानीय तहमा नागरिको अपेक्षा बढी हुने भएपनि बजेट अभावमा सबै काम हुने नसक्ने भनाइ राख्नुभयो । अघिल्लो सरकारले घटाएको बजेटका शीर्षकहरु अहिलेको सरकारले केही दिनअघिबाट रकम दिने भनाइ मन्त्री भण्डारीको छ ।
मंगलसेन नगरपालिकाले मन्त्री भण्डारीलाई सम्मानको साथै मायाको चिनो समेत प्रदान गरेको छ । मंगलसेन स्वागतपछि मन्त्री भण्डारी प्रेस चौतारी नेपाल अछाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानुभएको थियो । स्वागत कार्यक्रममा अछाम २ का निवर्तमान सांसद यज्ञबहादुर बोगटी, नेकपा (एमाले) प्रदेश कमिटीका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सदस्य कमल रावल, मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारी, नगरका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवालगातको सहभागिता मन्त्रीको स्वागत कार्यक्रम गरिएको थियो ।
मन्त्री सहितकाे टाेलीलाइ नगरका उपप्रमुख संगीता रावल साेडारीले स्वागत गर्नुभएको थियो । भने स्वागत कार्यक्रमको सञ्चालन नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले गर्नुभएको थियो ।