मन्त्री चयनप्रति काँग्रेस बैठकमै तीव्र असन्तुष्टि
काठमाण्डाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा मन्त्री पठाउँदा एकलौटी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनमा आठ मन्त्रालय पाउँदा देउवाले आफू निकटका ६ जना मन्त्री बनाएपछि आज बसेको पदाधिकारी बैठकमा नेताहरुले असन्तुष्टि पोखेका हुन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्दा कसैसँग सल्लाह नगरेको भन्दै नेताहरुले देउवाको आलोचना गरे । सभापति देउवाको कार्यशैलीको विषयमा नेताहहरुले तीव्र असन्तुष्टि पोखेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार महामन्त्री थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले असन्तुष्टि जनाएका थिए । नेपालप्रेसबाट