इलाममा एमालेको फराकिलो जित

अछाम । प्रतिनिधिसभा अन्तरगत इलाम-२ को उपनिर्वाचनमा एमालेले भारी मतका साथ विजयी हासिल गरेको छ । एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ त्यहाँ ५ हजार ८३० मतान्तरमा विजयी भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो ।
नेम्वाङका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेर दोश्रो भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।
इलामको चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएर तेश्रो भएका छन् । रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथोमा पुगेका छन् । उक्त निर्वाचनमा सबै भन्दा कम कैँची चुनाव चिन्हले जम्मा ४ मत पाएको छ ।