साँफेबगरमा भीषण आगलागीः दश पसल जलेर नष्ट

अछाम । साँफेबगरको हाटबजारमा भीषण आगलागीबाट दशवटा पसल जलेर नष्ट भएका छन् । हाटबजारमा राती करिब ३ बजेर ३० मिनेटबाट आगलागी भएको साँफेबगरमा रहेका पत्रकार तपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त प्रयासपछि करिब २ घण्टापछि आगलागी नियन्त्रण आउन थालेको बताइएको छ । मंगलसेन नगरपालिकाको बारूणयन्त्र मर्मतका लागि धनगढी रहेको र डोटीबाट बारुणयन्त्र आउन ढिलाइ भएकोले आगलागी नियन्त्रणमा ढिलाइ भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण एकीन नभएकोले विवरण संकलनको कार्य भइरहेको बताइएको छ । गएको चैत अन्तिमतिर अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा आगलागी भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page