विश्व औलो दिवसमा अन्तरक्रियाः लामखुट्टेबाट बच्न सुझाव

मंगलसेन । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछामले पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । जिल्लामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग औलो रोगको अवस्था,लक्षण र रोग नियन्त्रण तथा निदानका बारेमा छलफल गरिएको छ । छलफलका क्रममा कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले औलो रोगको बारेमा प्रस्तुति गर्दै यसको संक्रमणाको राष्ट्रिय, प्रदेश र अछाम जिल्लाको अवस्थाको बारेमा जानकारी दिनुभएको छ ।
चालु आर्थिक वर्षको हालसम्म अछाममा १३ जनामा औलो रोग देखिएर उपचार भइसकेको बताउनुभयो । यस वर्ष सबैभन्दा बढी चाैरपाटी गाउँपालिकामा ५ जना, कमलबजार नगरपािलकामा २ जना र तुर्माखाँद गाउँपालिका, साँफेबगर र मंगलसेन नगरपालिकामा एक/एक औलो राेगका बिरामी भेटिएका छन् । गएको वर्ष अछाममा २३ जनाका औलो रोग पुष्टी भएको थियो । 

लामखुट्टेबाट एक बिरामी व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग भएकोले रोगका लक्षण देखा परेमा नजिकैको स्वास्थ्य केन्द्रमा जान पनि भनिएको छ । ज्वरो आउने, पसिना बढी आउने, टाउको दुख्ने, थकित हुने, पेट दुख्ने, रिंगटा लाग्नु, मांसपेशी तथा जोर्नीहरू दुख्नु, जाडो हुनु, वाकवाकी लाग्नु यसका लक्षण भएकाले समयमै स्वास्थ्य संस्थामा उपचारमा जान ढुंगानाको सल्लाह छ । पछिल्लो समय सबै भन्दा बढी सुदूरपश्चिममा औलोका बिरामीको तथ्याङ्क रहेकाले यसको नियन्त्रणका लागि सबैले सक्रिय हुन आग्रह गर्नुभयो ।

साेही अवसरमा जिल्लामा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूसँग खाेपयुक्त अभियानका बारेमा समेत छलफल गरिएकाे छ । जिल्लामा अगामी दिनमा बालबालिकाहरूले नियमित पाउने खाेपकाे अवस्थाबाट नछुट्ने अवस्थालाइ सुनिश्चित गर्न अन्तरक्रिया गरिएको हाे । स्थानीय तहकाे सक्रियतामा सबै बालबालिकालाइ खाेपकाे पहुँचमा पुर्याएर खाेपयुक्त वडा, पालिका घोषणा गर्नुपर्ने भन्दै यसका चरणहरू पार गरेर जानुपर्ने भनाइ छ । विद्यालयमा भर्नाका क्रममा अनिवार्य खाेप कार्ड अावश्यक बनाएकाे भनाइ छ । यस्तै खाेप लाएकाे सुनिश्चितता नभएर बालबालिकालाई पोषण भत्ता वितरणमा समेत कडाइ गरिने भएकाे अधिकृत ढुंगानाकाे भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा अछाममा कार्यरत रहेका राष्ट्रिय मिडिया र स्थानीय मिडियामा कार्यरत पत्रकार र सञ्चारकर्मीहरूकाे सहभागिता रहेकाे थियो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख ढुंगानासिहत, टिका शर्मा,  झपटबहादुर थापा, मिनबहादुर कुँवर, तेजबहादुर साउँद, गैरसरकारी संस्थाका हरिश्चन्द्र रावलकाे सहभागता रहेकाे थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page