पूर्वमन्त्री सहित १० जनालाई एमाले अछामद्वारा सम्मान

अछाम । नेपाल कम्युनिष्ट पार्टीको ७६ औ स्थापना दिवसको अवसरमा नेकपा (एमाले) अछामले दश जना जेष्ठ कम्युनिष्टलाई सम्मान गरेको छ । एमाले अछामको मंगलसेनस्थित कार्यालयमा लामो समयदेखि सहयोग पु¥याउदै आएका जेष्ठ कम्युनिष्टलाई सम्मान गरेको हो ।
अछामको कम्युष्टि आन्दोलनलाई सहयोग गरेको भन्दै जिल्लाका दश स्थानीय तहबाट एक÷एक जना पर्ने गरेर दश जनालाई सम्मान गरिएको एमाले अछामका सचिव भीम बहादुर रावलले जानकारी दिनुभयो । सम्मानित हुनेहरुमा मंगलसेन नगरपालिकाबाट पूर्वमन्त्री जगतबहादुर बोगटी, कमलबजार नगरपालिकाबाट मानसिंह धामी, साँफेबगर नगरपालिकाबाट लक्ष्मण खड्का, पञ्चदेवल विनायक नगरपालिकाबाट बलबहादुर शाही, मेल्लेख गाउँपालिकाट नवलसिंह धामीलाई सम्मान गरिएको छ ।
यस्तै चौरपाटी गाउँपालिकाबाट ललित बोगटी बान्नीगढी जयगढ गाउँपालिकाबाट चन्द्रसिंह साउँद, तुर्माखाँद गाउँपालिकाबाट रणबहादुर माझी, ढकारी गाउँपालिकाबाट भक्तबहादुर बुढा, रामारोशन गाउँपालिकाबाट धर्मसिंह साउँदलाई सम्मान गरिएको हो ।
सम्मानित हुनुहुने दश जनालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।