तुर्माखाँद गाउँपालिकाको हाकिममा द्रुवप्रसादको पदस्थापना

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा द्रुवप्रसाद अधिकारीको पदस्थापना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुर्माखाँद गाउँपालिकामा अधिकारीलाई पठाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको छ । जसमा ३० जनालाई देशका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ ।

लोक बहादुर शाहीको सरुवापछि तुर्माखाँद गाउँपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखले काम गरिरहनुभएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page