मुख्यमन्त्रीमा लक्ष्मण किशोरलाई समर्थन नरहेको समाजवादीको पत्र प्रदेश प्रमुखलाई
अछाम । मुख्यमन्त्रीमा दाबी गरिएका नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई समर्थन नरहेको भन्दै नेकपा एकीकृत समाजवादीले प्रदेश प्रमुखलाई पत्र बुझाएको छ । आज साे पत्र बुझाइएको हाे ।
समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई पत्र बुझाउनु भएको हाे । दुई दिन अघि आइतबार नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा लक्ष्मण किशाेर चौधरीलाई समर्थनमा हस्ताक्षर गरिएको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र समाजवादीका सम्मानित नेता झलनाथ खनाल बीच बालुवाटारमा भेटघाट भएको थियो । खनालले बेलुकीसम्म समस्या समाधान हुने प्रतिक्रिया दिनुभएको थियो ।