नासिक बस दुर्घटनाः थप एक महिलाको पनि मृत्यु
अछाम । भारतको नासिकमा भएको बस दुर्घटनामा अछामको ढकारी गाउँपालिका-३ हिच्माकी धनादेवी कामीको पनि निधन भएको खबर प्राप्त भएको छ । साेही बस दुर्घटनामा कमलबजार नगरपालिका–२ बजुडाका लालबहादुर खड्काको उपचारका क्रममा निधन भएको छ ।
उक्त बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ । तर भारतमा रहेका विवेक भण्डारीले भने ४० जना घाइते भएको भनेर फेसबुकमा लेखेका छन् । घाइतेकाे वास्तविक विवरणा अाउने क्रममा रहेकाे बताइएकाे छ ।
धनगढी आउदै गरेको यात्रुवाहक बस भारतको नासिक स्थित माले गाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो । आइतबार पुणेबाट आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधन भन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।