स्टार्ट नहुँदा दमकल लिन सकिएनः मंगलसेन नगरपालिका

मंगलसेन । स्टार्ट नभएका कारण मंगलसेन नगरपालिका–५ का नारायण प्रसाद ढुंगानाको घरमा आगलागी हुँदा दमकल समयमै पठाउन नसकिएको भन्दै विज्ञप्ति प्रकाशित गरेको छ । घरमा आगलागी हुँदापनि मंगलसेन नगरपालिकाको दमकल नआएको भन्दै आलोचना हुन थालेपछि नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरेर घटनाप्रति दुख व्यक्त गरेको छ ।
‘आगलागीको खबर पाउनसाथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल लिन धेरै कोषिक गर्दागर्दै दमकल स्टार्ट हुन नसकेकोले दमकल घटनास्थल लिन नसकेकोले नगरपालिका क्षमाप्रार्थी छ ।’ विज्ञप्तिमा भनिएको छ । परीक्षणका क्रममा ब्याट्री, पिटिओ गियर, प्रेसर बिग्रको भेटिएकोले दमकल सञ्चालन हुन नसकेको नगरपालिकाद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
दमकलमा पानी नभएको, डिजेल नभएको, ड्राइभर नभएको भन्दै सामाजिक सञ्जालमा अनावश्यक, भ्रामक, अपुष्ट र असत्य भएको नगरपालिकाले भनेको छ । दमकलको मर्मतका लागि धनगढी पठाइसकिएको समेत नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले विपदमा प्रयोग हुने खोज तथा उद्धारका सामग्री र दमकललाई आगामी दिनमा चुस्त, दुरुस्त राख्ने प्रतिज्ञद्धता समेत जनाएको छ ।
उक्त घरको आगलागी नियन्त्रणमा खटिने स्थानीयवासी, प्रहरी, सेनालगायतलाई नगरपालिकाले धन्यवाद दिएको छ । भने घरको क्षती भएका पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको नगर प्रमुख पदमबहादुर बोहराद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ढुंगानको घरमा सोमबार बिहान करिब ९ बजेतिर आगलागी हुँदा कागजात, जिन्सी, नगद, खाद्यन्न र लुगाकपडा जलेर नष्ट भएका छन् ।

 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page