स्वास्थ्यकर्मी माथि छानविन गर्न गृहलाई अछामका सीडिओको पत्र (पत्रसहित)

मंगलसेन । बसको ठक्करबाट घाइते भएर उपचारको क्रममा निधन भएका युवकको उपचारमा संलग्न भएका डाक्टर र स्वास्थ्यकर्मीमा छानविन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले गृह मन्त्रालयमा पत्र पठाएको छ । साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको उपचारमा संलग्न स्वास्थ्यकर्मीको आवश्यक छानविन प्रक्रियाका लागि गृह मन्त्रालयमा लेखि पठाउन साँफेबगर नगरपालिकाले अनुरोध बमोजिम गृह मन्त्रलायमा पत्र पठाइएको हो ।
पत्रमा नेपालगञ्जमा रहेको वेस्टर्न अस्पताल प्रशासन र स्वास्थ्यकर्मीका कमीकमजोरीका विषयमा जाँचबुझ गरी आवश्यक कानुनी प्रक्रिया अबिलम्ब गर्न आवश्यक समेत देखिएकोले जाँचबुझ समिति गठन गरी मृतकका आफन्त तथा पीडित पक्षको माग सम्बोधन गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको हस्ताक्षरित अनुरोध पत्रमा गृह मन्त्रालयका सचिवलाई अत्यन्त जरुरी भनेर जाँचबुझ समिति गठन गर्न माग गरिएको छ ।
साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई चैत १९ गते सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page