अछाम र बाजुराका यातायात चार दिनदेखि बन्दको बन्दै

अछाम । बसको ठक्करबाट घाइते भएर उपचारको क्रममा निधनपछि अछाम र बाजुरा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाण्डौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी गएको शनिबारबाट चल्न सकेका छ्रैनन् ।
अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् । भने तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् । यस्तै साँफेबगर क्षेत्रमा चल्ने जीप, अटोरिक्सालगायतका साना सवारीपनि ठप्प अवस्था रहेका छन् । दोषिलाई हदैसम्मको कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले सडक र साँफेबगर बजार बन्द गरेका छन् । आन्दोलनका कारण साँफेबगरको हाटबजार र एयरपोर्ट बजार पनि बन्द अवस्था छ । “साँफेबगर पुरै ठप्प अवस्थामा छ ।” साँफेबगरमा रहेका रोमन भट्टले भन्नुभयो ।
सडक सुचारुका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, अछामले जानकारी दिएको छ । बस व्यवसायी र मृतकका आफन्तका बीचमा छलफलका लागि समन्वय भइरहेको कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ । तर बस व्यवसायी समितिका प्रतिनिधिले भने डोटी प्रशासन कार्यालयमा छलफल हुनुपर्ने मागका कारण केही ढिलाइ भइरहेको भनाइ आचार्यको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page