Palika dasin suvakamana

युवक मृत्यु प्रकरणः डाक्टर र स्वास्थ्यकर्मीमा छानविन गर्न नगरपालिकाको माग

Palika dasin suvakamana

मंगलसेन । उपचारको क्रममा निधन भएपछि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल डाक्टर तथा स्वास्थ्यकर्मीमा छानविन गर्न साँफेबगर नगरपालिकाले माग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, अछामलाई पत्र लेखेर साँफेबगर नगरपालिका–३ का हेमराज कुँवरको मृत्युको मृत्युमा जाँचबुझ तथा छानविनका गृह मन्त्रालयमा लागि लेखि पठाउन अनुरोध गरेको छ ।
मृतक हेमराजको उपचारमा संलग्न भएको नेपालगञ्जको वेस्टर्न अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुमा छानविनको माग पत्रमा गरिएको छ । जिल्लामा मृतकका आफन्तले आन्दोलनका क्रममा हेमराजको मृत्युमा बसका सञ्चालक र अस्पतालको मिलोमतो भएको दावी गरिरहेका छन् ।
चैत १९ गते साँफेबगरमा बसले मोटरसाइललाई ठक्कर दिएपछि थप उपचारका लागि नेपालगञ्ज वेस्टर्न अस्पतालमा चैत २० गते भर्ना गरेर बेलुकी ८ बजेतिर भाँचिएको खुट्टाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । शल्यक्रियापछि नेपालगञ्जस्थित लाइफलाइन अस्पतालमा मृगौलाको डाइलासिस गरेको, जिवनरक्षा अस्पतालमा सिटीस्क्यान गरेको र वेस्टर्न अस्पतालमा उपचार गरेको मृतकका आफन्तको उदृत गर्दै प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ ।
बिरामीको होस नखुलेपछि वेस्टर्न अस्पतालका डा. पारस पाण्डे, डा. किरण गुरुङ, डा. विनोद थापा र राहुल थापाको सल्लाहमा काठमाण्डौंको ह्याम्स अस्पताल लैजान सुझाव दिएपछि एकछिन अगाडि स्थिर अवस्थामा देखेको विरामी एयरपोर्ट लैजान निकाल्दा मरेतुल्य भएको र एयर एम्बुलेन्समा काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार नहुँदै मृत्यु घोषणा भएको प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ । गृह मन्त्रालयमा लेखि पठाउनका लागि जिल्ला प्रशासन कार्यालय अछामलाइ साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले पठाउनुभएकाे हाे ।
साँफेबगर नगरपालिका–३ का हेमराज कुँवर र सरस्वती कुँवर सवार मोटरसाइकललाई सोही नगरपालिका–७ को रिडिकोटको वडा कार्यालय नजिक बसले ठक्कर दिएको थियो । सोही दुर्घटनामा पर्नुभएकी सरस्वती पनि उपचारका क्रममा हुनुहुन्छ । हेर्नुस् पत्र…….

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page