दिदीबहिनी घरभित्रै झुण्डिएको अवस्थामा फेला

कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका-१० मा एकै घरका दिदीबहिनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी छन्।

आफ्नै घरको आफू सुत्ने कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूले झुन्डिएको कारण खुलिनसकेको प्रहरीले बताएको छ।

प्रहरीको प्रारभ्मिक अनुसन्धानमा श्रीमालुले केही वर्षदेखि मुटु राेगको औषधि सेवन गरिरहेको र इन्द्राले  डिप्रेशनकाे औषधि सेवन गरिरहेको खुल्न आएको बताइएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page