दुर्घटनामा मृत्यु भएका परिवारलाई २५ हजारका दरले गाउँपालिकाले दियो किरिया खर्च 

अछाम । ट्याक्टर दुर्घटनामा मृत्यु भएका परिवारलाई मेल्लेख गाउँपालिकाले २५ हजारका दरले किरिया खर्च उपलब्ध गराएको छ । मृतकका घरमा किरियाको काम भइरहेकै बेलामा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदको नेतृत्वमा सोही ठाउँ पुगेर अार्थिक सहयोग गरिएको हाे । 

मृतकका परिवारलाई सानो सहयोग भएपनि राहत स्वरूप किरिया खर्च उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिनुभयो । किरिया खर्च हस्तान्तरमा गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्का, निमित्त प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर धामी समेत रहनुभएकाे थियो । 

षोडशाबाट साँफेबगर गइरहेको ट्याक्टर चैत १२ गते मेल्लेख  गाउँपालिका सुयडीमा दुर्घटना हुँदा सोही गाउँपालिका  ऋषिदहका पाँच जनाले ज्यान गुमाएका थिए ।  

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page