जिल्ला प्रशासन कार्यालयमा सराेकारवालाको बैठकः यस्ता छन् निर्णयहरू

अछाम । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले विभिन्न १३ वटा निर्णयहरू पारित गरेको छ । बैठकमा राजमार्गहरुको अवरोध र अतिक्रमण हटाउने, विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्ने र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ ।

यस्तै समाजका विभिन्न कुरीतिको अन्त्य, घरेलु मदिराको नियन्त्रणमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सवारी साधनले बढी भाडा असुल्ने, सिट क्षमता भन्दा बढी बोकेको, छतमा मानिस चढाएको भए सूचना दिन अनुरोध गरिएको छ । भने त्यस्तो पाइए कार्वाही गर्ने बैठकले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर, मंगलसेन नगरपालिका–३ का वडा अध्यक्ष बृख बहादुर बोगटी, ४ का अध्यक्ष नामसिंह धामी र ५ का कार्यवाहक अध्यक्ष सुरत बहादुर कामी, सुरक्षा निकाय, कार्यालय प्रमुख, उद्योग बाणिज्य र यातायात व्यवसायी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरुले लागुऔषध प्रयोग दरमा कमी नआएको भन्दै कानुनी कार्वाहीमा जोड दिएका छन् । यस्तै वनमा लागो लाउनेलाई पनि कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरिएको छ । बैठकमा विभिन्न व्यक्तिहरुले विभिन्न सुझावहरु राखेका थिए ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page