छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन तुर्माखाँदको आव्ह्वान

अछाम । सार्वजनिक पद धारण गरेका तुर्माखाँद गाउँपालिकाका बासिन्दाले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नै पढाउन पर्ने भएको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरेर आउँदो शैक्षिक सत्रबाट सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्न भनिएको छ ।

सूचना अनुसार तुर्माखाँद गाउँपालिकावासी जनप्रतिनिधि, कर्मचारी, शिक्षक र सरकारका विभिन्न समितिमा रहेका व्यक्तिका छोराछोरीहरु सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ । सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सबैका बालबालिकालाई सामुदायिक विद्यालयमै अध्यापन गराउने अभियान थालिएको गाउँपालिका अध्यक्ष डम्बर वीसीले जानकारी दिनुभयो ।

गएको मंसिर दोश्रो साता गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय अगुवाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानले सरकारी विद्यालयमै पढाउन पर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । यस्तै गएको पुस १२ गतेको तुर्माखाँद गाउँपलिका बैठकले पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमै पढाउन पर्ने निर्णय गरिएको बताइएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबालिकाहरु सरकारी विद्यालयमा पढाउनुपर्ने तुर्माखाँद गाउँपलिकाले गरेको निर्णय सही भएपनि कार्यान्वयनमा धेरैको आशंका रहेको छ । शिक्षक, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाका छोराछोरी बाहिर पढाएर स्थानीयस्तरको शिक्षामा लापर्वाही गरेको जिल्लामा चर्को छलफल हुने गरेको छ । विद्यालय शिक्षाको गुणस्तर निकै खस्केको भनेर जिल्लामा केही व्यक्तिहरुले चिन्ता समेत व्यक्त गरिरहेका छन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page