मंगलसेन नगरपालिकाद्वारा बादी परिवारलाई घर निर्माणको थालनी

मंगलसेन । घरबारविहिन रहेका मंगलसेन नगरपालिकाले बादी परिवारका लागि घर निर्माणको थालनी गरेको छ । मंगलसेन नगरपालिका ५ को भैसेडाँडामा घर निर्माणको थालनी गरेको हो । मंगलसेन बजारको बसपार्क नजिक भैसेडाँडामा जग्गा खरिद गरेर नगरपालिकाले वादी परिवारका लागि भवन निर्माणको काम शुरु गरेको हो ।


वादीका ५ परिवारलाई बस्नका लागि नगरपालिकाले घर निर्माणका लागि बिहिबार आज एक कार्यक्रमका बीचमा घरको सिलान्यास गरिएको छ । जनप्रतनिधि, वादी परिवार, घर निर्माणकर्ता र स्थानीयको सहभागितामा मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले वादीका घरको सिलान्यास गर्नुभएको हो । जग्गाको कटिङपछि घर निर्माण गरिएको स्थानमा पुगेर प्रमुख बोहराले पूजाआजाका साथमा घरको सिलान्यास गर्नुभएको छ । सिलान्यासका क्रममा प्रमुख बोहराले नगरले पछाडि परेका र पारिएका व्यक्तिहरुको उत्थानका लागि आगामी दिनमा आयआर्जनमुलक काममा लाग्न समेत सुझाव दिनुभएको छ ।


सिलान्यास कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटी, ४ का अध्यक्ष नामसिंह धामी, ५ का अध्यक्ष झंकरप्रसाद भाट, १३ का अध्यक्ष हिक्मतबहादुर बोगटीलागायतको सहभागिता रहेको थियो । सिलान्यास कार्यक्रममा पुरोहित प्रेमप्रसाद ढुंगाना, वादी परिवारका प्रतिनिधि रमेश वादीलगायतका वादी परिवार रहेका थिए । सिलान्यास कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले घर निर्माणको काम समयमै पूरा गरेर वादी परिवारलाई बस्ने वातावरण बनाउन सुझाव दिनुभएको छ ।


नगरले जग्गा किनेर घर निर्माणको प्रक्रियामा गएकोले आफूहरु निकै खुसी भएको बादी परिवारले प्रतिक्रिया दिएका छन् । घर निर्माण हुने भएपछि आफ्नो परिवार घरमा बस्न पाउने भएपछि घर निर्माणको ठाउँमा पुगेका वादी परिवारले नगरपालिकालाई धन्यवाद दिएका छन् । आफूहरुलाई समस्या पर्दा हरेक पटक मंगलसेन नगरपालिकाले सहयोग गर्दै आएकोमा घर निर्माण भएपछि आफूहरु आयआर्जनमुलक काममा लाग्न सहज हुने भनाइ वादी परिवारको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page