घाँटीमा मासु अड्केर साँफेबगरका एक व्यक्तिको मृत्यु

अछाम । घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बर बहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।
गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा आज बिहान करिब ११ बजेतिर घाँटीमा मासु अड्केर कुँवर बेहोस भएका बताइएको छ । मासु अड्केर बेहोस भए लगत्तै वयलपाटा अस्पतालमा उपचार भइरहेको बेलामा कुँवरको मृत्यु भएको हाे ।
वयालपाटा अस्पतालमा उपचारका क्रममा कुँवरको आज दिउसो १२ बजे मृत घोषणा गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वको एक टोली खटाइएको बताइएको छ ।