घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी
कैलाली । घोडाघोडी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। क्याम्पसमा आन्दोलनरत प्राध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन्। विगत केही समयदेखि क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको हुँदा आन्दोलन गर्नुपरेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन्।
यसको समाधानको लागि सञ्चालक समितिसँग पहल गर्न अनुरोध गदै आएको तर क्याम्पस प्रशासनहरूले बेवास्ता गर्ने र सुधारको अभियानमा लागेकालाई धम्काउने कार्य गरेको हुँदा आन्दोलनमा उत्रिनु परेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। माग सुनुवाइ नभएको खण्डमा थप कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन, सञ्चालक समितिले लिनुपर्ने समेत चेतावनी दिइएको छ।