राष्ट्रपति पाैडेल अस्पतालबाट डिस्चार्ज

काठमाण्डाैं । पेटको दुखाइका कारण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् । चैत १८ गते रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेल स्वास्थ्यमा सुधार आएसँगै गएको राति डिस्चार्ज भएका हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका थिए । उनलाई शिक्षण अस्पतालमा डा. निरज बमले हेरेका थिए ।

भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेका पौडेल तीन दिनपछि डिस्चार्ज भएका हुन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page