अछाम क्याम्पसका १२ कक्षाका विद्यार्थीको बिदाइ (११ तस्विर सहित)

मंगलसेन । अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । औपचारिक कक्षा समाप्त भएसँगै परीक्षाको तयारीका लागि १२ कक्षाका विद्यार्थीहरुलाई फेरि भेटौला कार्यक्रम मार्फत ११ कक्षाका विद्यार्थीहरुले बिदाइ गरेका हुन् ।

परीक्षाको तयारीमा जाने विद्यार्थीहरुलाई अबिर लाएर, मिठाइ बाँडेर र मायाको चिनो प्रदान, मन्तव्य र साहित्यिक कार्यक्रमका साथमा फेरि भेटौला बिदाई कार्यक्रम सम्पन्न भएको हो । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको बिदाइ कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सम्झना स्वरुप चित्र सहितको तस्बिर सहितको मायाको चिनो प्रदान गरेका छन् ।

फेरि भेटौला कार्यक्रमका प्रमुख अथिति तथा क्याम्पस प्रमुख डा. ध्रुव कुमार शाहीले विद्यार्थीहरुले आधुनिक प्रविधिको उपयोग गरेर अध्ययनमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो । विद्यार्थीहरुको सफलताका कारणले क्याम्पसको वृद्धि विकास भइरहेको भन्दै शाहीले परीक्षाका लागि सबै व्द्यिाथीहरुले पूर्ण तयारीका साथमा जान सुझाव दिनुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख मान बहादुर बुढाले क्याम्पसको अध्ययनबाट प्राप्त भएको ज्ञानलाई आगामी दिनमा उपयोग गरेर अगाडि बढ्नका लागि शुभकामना दिनुएको छ । व्यवस्थापन विभाग प्रमुख नृप बहादुर चाडले देशमा केही हुँदैन भन्ने निराशा त्यागेर मिहनेतपूर्ण काम गरेमा यही राम्रा अवसरहरुको भएको भनाई राख्नुभयो ।

कार्यक्रममा कक्षा ११ र १२ का संयोजक शिवराज ढुंगानले लगनशिल भएर अध्ययन गरे भने सफलता प्राप्तमा सहजता हुने भन्दै आगामी अध्ययनको लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । क्याम्पसका आंशिक प्राध्यापक डम्बर बोगटीले अनुशासित भएर विद्यार्थीहरु प्रस्तुत भएमा विद्यार्थीहरुले अध्ययनसँगै बाहिरी ज्ञान प्राप्त गर्ने भनाई राख्नुभयो । प्राज्ञिक विद्यार्थी परिषद्का श्यामभक्त भाटले विद्यार्थीहरुलाई सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कक्षा १२ का छात्रा मनिषा धामी र लोकेन्द्र थापाले क्याम्पसका अध्ययनका क्रममा भएका अनुभव सुनाउँदै राम्रो वातावरणमा सहज सिकाइ भएको भएको बताएका थिए । आधुनिक प्रविधियुक्त प्रविधिबाट विद्यार्थीहरुको सिकाइबाट प्रभावित भएकोले कक्षा ११ का विद्यार्थीहरुले लगनशिल भएर अध्ययन गर्नका सुझाव दिएका छन् । क्याम्पसको पढाइ, भौतिक संरचना र सहज व्यवहारका लागि १२ कक्षा उत्तिर्ण गरेर उच्च शिक्षाका लागि यही क्याम्पस अध्ययन गर्ने विद्यार्थीहरुले बताएका छन् ।

औपचारिक कार्यक्रम पश्चात कक्षा १२ विद्यार्थीहरुले क्याम्पसकै प्राङ्गणमा डेउडा खेल समेत खेलेका थिए । क्याम्पसमा कक्षा १२ को औपचारिक अध्ययन सकिएको भन्दै केही विद्यार्थीहरु भावुक बनेका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page