भीरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु
बाजुरा । भीरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका–५ रिठ्ठाकी आपसरी बुढथापा हुन् ।
बुधबार बिहान घरबाट घाँस काट्न गएकी ४१ वर्षीया बुढथापा बिहान करिब १० बजे स्थानीय बालभिटा भीरबाट करिब २ सय मिटर तल खसेकी उहाँका आफन्त लंक कार्कीले बताउनुभयो ।
उहाँका श्रीमान, तीन छोराछोरीसहित ४ जना परिवार रहेकोे कार्कीले बताउनुभयो । मृतकको शव हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमका लागि पठाइएको गाउँपालिकाका प्रतिनिधिले जनाएका छन् ।