षोडशा माविको ६३ औ अभिभावक भेलाको उद्घाटन सम्पन्न, नयाँ नेतृत्व चयन गरिदै
मंगलसेन । सदरमुकाम मंगलसेनस्थित षोडशा माध्यामिक विद्यालयको ६३ औ अभिभावक भेला सम्पन्न आज सम्पन्न भएको छ । भेलाका प्रमुख अथिति पूर्वसांसद यज्ञबहादुर बोगटीले समय सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
जुनसुकै ठाउँमा पनि शैक्षिक गुणस्तरका कुराहरु उठ्न थालेको भन्दै बोगटीले अब कुरा भन्दा पनि परिणम देखिने काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रका समस्या समाधान गर्नका लागि विद्यालयको सेवा क्षेत्र भित्र रहेका सबै अभिभावक तथा सरोकावालाले साथ दिनुपर्नेमा पूर्व सांसद बोगटीको सुझाव थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले षोडशा माध्यामिक विद्यालयलाई नमूना विद्यालयको बनाउन निकै ढिला भइसकेको भन्दै यसमा सबैले जोड दिनपर्ने भनाइ राख्नुभयो । उहाँले षोडशा माविको स्थापनादेखि योगदानले अहिलेको अवस्थामा पुगेको भनाइ राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अछामका पुर्व उपप्रमुख टोपबहादुर रावल, मंगलसेन नगरपालिका पुर्व उपप्रमुख सरिता उपाध्याय, नेपाली काँग्रेसका जिल्ला सदस्य पदमबहादुर शाह, नेकपा (एमाले) का जिल्ला सदस्य लिलाराज केसी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कमल थापा, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नामसिंह धामी, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, समाजसेवी तेजबहादुर विष्ट लगायतलते शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवरले शैक्षिक तथा भौतिक र लेखा अधिकृत मोहनकुमार बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य मोहन ढुंगााको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बृकेशसिंह बोगटीले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज भाटको अध्यक्षतामा भएको भेलामा विभिन्न कलाहरू प्रस्तुत र शिक्षकहरूलाइ सम्मान पनि गरिएको थियो ।
भेलाले अागामी तीन वर्षको लागि नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिने छ । त्यसका लागि बन्दसत्र शुरू भएको बताइएकाे छ । हालसम्म भाेजराज भाटको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति रहेको छ ।