चुनावबाट थाल्पाटा सामुदायिक वनमा नयाँ नेतृत्व (नामावलीसहित)

अछाम । सामुदायिक वनको नेतृत्वमा सहमति नजुटेपछि अछामको एक सामुदायिक वनमा मतदानबाट नयाँ नेतृत्व चयन गरिएको छ । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा रहेको थाल्पाटा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व मतदानबाट चयन गरिएको हो ।

समितिको अध्यक्षमा २२ मतले पराजित गर्दै रतनबहादुर बिसी समूह विजयी भएको हो । अध्यक्ष पदमा रतनबहादुरले एकसय ३१ मत र उहाँका प्रतिष्पर्धी मोहनचन्द्र बिसीले एकसय नौ मत प्राप्त गर्नुभएको छ । समूह बनाएर मतदानमा गएकोमा रतनबहादुर समूहको पुरै समूह विजयी भएको बताइएको छ ।

उपाध्यक्षमा देवसरा टमट्टा, सचिवमा लिलाराज भण्डारी, सहचिवमा उज्जलसिंह बिसी, कोषाध्यक्षमा नानकली रावल विजयी हुनुभएको छ । समितिको सदस्यमा अमृतादेवी बुढा, कालो सुनार, सार्के थापा, डिल्ली बुढा, बिसे कामी विजयी हुनुभएको छ ।

पराजित हुनेमा अध्यक्ष मोहनचन्द्र सहित उपाध्यक्षमा कृष्णादेवी बुढा, सचिवमा नयाँराम बुढा, सहचिवमा नरबहादुर बिसी कोषाध्यक्षमा टीकादेवी बुढा रहनुभएको छ । समितिको सदस्यका लागि मतदानबाट जौमती देवी बुढा, टीकाराम बुढा, टेक बहादुर बुढा, अर्जुनसिंह बुढा, दयाराम बुढा पराजित हुनुभएको छ ।

मतदान प्रक्रियामा २४३ मत खसेकोमा दुई मत बदर भएका थिए । २०५२/५३ सालमा स्थापना भएको थाल्पाटा सामुदायिक वनमा २९६ उपभोक्ता रहेका बताइएको छ । थाल्पाटा सामुदायिक वन राम्राे अाम्दानी हुने सामुदायिक वनमा गनिने बताइएकाे छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page