नाउपा अध्यक्ष रञ्जिताले राज्यमन्त्रीलाई सांसद नरहने गरी बर्खास्त गरिन्
अछाम । सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाइ सांसद नरहने गरी बर्खास्त गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई बर्खास्त गरिएको पत्र प्रदेश सभामा पठाएकी बताइएको छ ।
पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले गिरीलाई कारबाही गरिएको रञ्जिता पक्षको दाबी छ । कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाइ मत नदिन पनि रञ्जिताले आफ्ना प्रदेश सदस्यलाइ निर्देशन दिएकी
छन् ।
उक्त पार्टीका सात जना प्रदेश सांसद रहेकोमा पाँच जना मन्त्री छन् । पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच तीव्र विवाद भइरहेको छ ।