अछामको सहायक सीडीओमा न्यौपानेको सरूवा, मिटरब्याज जाँचबुझ आयोगमा काज

अछाम । गृह मन्त्रालयले अछामको सहायक प्रमुख जिल्ला अधिकारीमा उपसचिव मोहनप्रसाद न्यौपानेको सरूवा गरेको छ । गृह मन्त्रालयमा रहनुभएका उपसचिव न्यौपानेको अछाम सरूवा गरेर अछाम अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काज सरूवा गरिएको छ ।

न्यौपाने अछाम भएपनि अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काज सरूवा गरिएको हाे । अछामका प्रमुख जिल्ला अधिकारी पनि उपसचिव भएकोले समान हैसियत भएका व्यक्ति प्रमुख र सहायक नबस्ने भएकोले यस्तो गरिएको हुनसक्ने प्रशासन सम्बन्धि केही जानकारको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा सहायक प्रमुख जिल्ला अधिकारी नभएको लामो समय रहेको छ । जिल्ला प्रशासन कार्यालय अछाममा सहसचिवको दरबन्दी रहेको छ ।

यस्तै मन्त्रालयले विभिन्न जिल्लाका तीनजना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page