डीएसपी ठगबहादुरलाई  दुई वर्ष कैद र आठ लाख ५० हजार जरिवानाको फैसला

अछाम । नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषीलाई घुस लिएको आरोपमा विशेष अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

केसीलाई न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायणसिंह राई र राजेन्द्र थापाको संयुक्त इजलासले २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हाे । २०७९ मंसिर २५ गते इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page