मेल्लेखका एकै वडाका बीस महिलालाई होजियारी तालिम प्रदान
अछाम । मेल्लेख गाउँपालिका ८ हातिकोटका २० महिलालाई एक महिने होजियारी सीप विकास तालिम दिइएको छ ।
स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन मेल्लेख गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकै वडाका महिलालाई तालिम दिइएको हो । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले एक महिने तालिममा सीप सिकाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभयो ।
तालिमको एक कार्यक्रमका बीचमा आज समापन गरिएको छ । तालिममा सिकेका कुराहरूलाई निरन्तरता हुनुपर्ने वडा अध्यक्ष महेश ठकुल्लाको सुझाव रहेको छ । सीप विकास तालिममा स्विटर, गलबन्दी, टोपी, मोजा, लगायतका उनबाट बन्ने लुगा बनाउन सिकेको प्रशिक्षक सरला थापाको भनाइ छ ।
तालिममा समापनमा स्थानीय जनप्रतिनिधि वडास्तरका महिला सञ्जालका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।