पत्रकार र सञ्चारमाध्यम आक्रमण विरूद्द अछाममा विरोध प्रदर्शन

अछाम । राजावादी समूहले शुक्रबार काठमाडौमा भएको आन्दोलनमा पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ अछामले विरोध कार्यक्रम गरेको छ ।

सदरमुकाम मंगलसेन बजारमा परिक्रमा गरेर मध्य बजारमाकोणसभा गरेर प्रेस स्वतन्त्रताको माग गरिएको छ । विरोधका क्रममा पत्रकार र सञ्चार क्षेत्रमाथिको आक्रमण बन्द गर, पत्रकार हत्याको छानबिन गर, मानवअधिकारको प्रत्याभूति गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर लगायतका प्लेकार्डसहित पत्रकार र नागरिक समाज सम्बद्द संस्थाको सहभागिता रहेको थियो ।

महासंघको आयोजनामा गरिएको विरोध सभामा प्रेस चौतारी नेपाल, प्रेस युनियन, नेपाल बार एसोसिएसन, मानवअधिकार संस्था र नागरिक समाजका प्रतिनिधिहरू, समाजका केही अगुवाहरूकाे सहभागिता रहेको थियाे । सम्बोधनकर्ताले आन्दोलनका क्रममा अराजकता प्रदर्शन गरेर हत्या, आगजनी, तोडफोड र लुटपाट भएकोमा कडा विरोध गरेका छन् । कोणसभामा पत्रकारहरू तथा प्रेस चाैतारी नेपालका पूर्वकेन्द्रिय सदस्य तथा सुदूरपश्चिम सहइन्चारर्ज शिवराज ढुंगाना, प्रेस युनियन अछामका अध्यक्ष जनक भण्डारी, प्रेस युनियन केन्द्रिय सदस्य सुशिल भण्डारी, नागरिक समाजका अध्यक्ष शंकर बहादुर रावल, मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्दिय सदस्य मदन बहादुर कुँवर, जिल्ला अध्यक्ष जय बहादुर बाेगटीले मन्तव्य राख्नुभएको थियो । 

अराजक गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरेर कानुनी कार्वाहीको माग गरिएको छ । यस्तै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, मानवअधिकारको संरक्षण गर्न र दोषीलाई कार्वाही गर्न माग गरिएको छ । विरोधको र्यालीपछि मंगलसेन बीच बजारमा भएको कोण सभाको सञ्चालन महासंघ अछामका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको थियो ।

पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमणविरुद्ध अछामको साँफेबगरमा समेत पत्रकारहरुले विरोध गरेका छन् । साँफेबगरमा रहेका पत्रकारहरूले यस्ताे विरोध गरेका थिए । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page