काठमाडाैं घटना विरूद्द अछाममा विरोध गरिदैः दिउसो १ बजे मंगलसेनको खुलामञ्च बाेलाइयो

अछाम । पत्रकारको हत्या, सञ्चार गृहमा आगजनी तथा तोडफोट र पत्रकारलाई कुटपिट गरेको विरोधमा नेपाल नेपाल पत्रकार महासंघ अछामले विरोध गर्ने भएको छ । सदरमुकाम मंगलसेनमा दिउसो १ बजे जिल्लास्थित पत्रकार, अधिकवक्ता, अधिकारकर्मीहरुले संयुक्त रुपमा विरोध गर्ने भएका हुन् ।
आन्दोलनलाई अराजकता बनाएर आगजनी गर्ने, तोडफोड गर्ने, पत्रकार र मानवअधिकारकर्मीलाई आक्रमण गर्ने जस्ता कार्यको विरोध गर्ने बताइएको छ । खुलामञ्ज अगाडि हुने उक्त कार्यक्रममा प्रेस स्वतन्त्रा, मानवअधिकार, सम्पतिको अधिकार र सुरक्षा लगायतका विषय रहने पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।
पूर्वराजाका समर्थकले काठमाण्डौको तीन कुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी गर्दा त्यहाँ भिडिओ खिचिरहेका सुरेश रजकको जलेर मृत्यु भएको छ । अनलाइनखबरका संवाददाता गौतमलाई आक्रमण गर्दा खुट्टा भाचिएको छ भने अन्नपूर्णपोष्ट, कान्तिपुर टिभीमा आक्रमण गरिएको छ ।
मंगलसेनमा हुने अराजकता विरुद्धमा हुने विरोध कार्यक्रममा सहभागिताका लागि पत्रकार महासंघ अछामले सबैलाई आग्रह गरेको छ । संवैधानमै प्रेस स्वतन्त्राकाे ग्यारेन्टी भएपनि विभिन्न बाहानामा पत्रकार र मिडिया माथि अाक्रमण भइरहेकाे छ ।