उत्तरपुस्तिका हराएको बारेमा शिक्षा मन्त्रीले यस्तो लेखिन्…..

अछाम । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालले उत्तरपुस्तिका हराएको समाचार प्रकाशन भएपछि  शिक्षामन्त्री सुमना श्रेष्ठले धारणाा सार्वजनिक गर्नुभएको छ । मन्त्री श्रेष्ठले उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिएर मात्रै समस्याकाे समाधान नहुने बताउनुभएको छ ।

सुमना श्रेष्ठ सचिवालय नामक फेसबुकबाट मन्त्री श्रेष्ठले यस्ताे धारणा सार्वजनिक गर्नुभएको छ । ”घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।” मन्त्री श्रेष्ठले लेख्नुभएको छ । 

अछाम बहुमुखी क्याम्पस केन्द्र रहेर गएकाे वैशाख ८ गते सम्पन्न शिक्षाको अाधार विषयको परीक्षाको उत्तरपुस्तिका हराएको थियो । हराएकाे विषयको विद्यार्थीलाइ परीक्षा दिन लाउनु भनेर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित केन्द्रमा निर्देशन गरिसकेकाे छ । अछाम बहुमुखी क्याम्पस र कमलबजार क्याम्पसका विद्यार्थीले एक विषयको पुनः परीक्षा दिनुपर्ने भएकाे छ । 

त्रिविले स्नातक तहको प्रथम वर्षको दुई वटा विषयको उत्तरपुस्तिका हराएपछि चैत २१ गतेदेखि पुनः परीक्षा लिने कार्यतालिका सार्वजनिक गराएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page