भूृउपयोग नीति र आवधिक नगर विकास योजना निर्माण बारेमा छलफल
मंगलसेन । भूृउपयोग नीति र आवधिक नगर विकास योजनाका निर्माणका बारेमा मंगलसेन नगरपालिकामा सर्र्वपक्षीय छलफल हिजो सम्पन्न भएको छ । भूउपयोग नीति र आवधिक योजना निर्माणको प्रक्रियाका बारेमा भएको छलफल भएको हो ।
छलफलमा नगरप्रमुख पदमबहादुर बोहराले सबैको सुझाव, सहयोगबाट भूउपयोग र आवधिक योजनालाई अझै परिष्कृत गरेर जाने भनाइ राख्नुभयो । सबैको सुझाव र सहयोगले मात्र नगरपालिकामा उत्कृष्ठ काम गर्न सकिने भन्दै बोहराले जनप्रतिनिधिका एजेण्डा र कर्मचारी तथा विज्ञताका आधारमा काम सम्पन्न हुने भनाइ राख्नुभयो ।
छलफलका क्रममा भूउपयोग नीतिमा निर्माणका बारेमा सहभागीहरुले अझै परिष्कृत बनाउन सुझाव दिनुभएको छ । नीति र आवधिक योजना दीर्घकालिन रुपमा प्रभाव पार्ने भएकोले यसलाई राम्रो बनाएर लैजानेमा सुझाव दिनुभएको छ । मंगलसेन नगरपालिकाका केही वडा अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य नरबहादुर रावल, भीम जनाला लगायतले सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख संगीता रावल (सोडारी), वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु, नापी कार्यालयका प्रमुख दीर्घराज पाण्डे, मालपोत कार्यालयका प्रमुख शिवराज ढुंगाना, उद्योग बाणिज्य संघका महासचिव छत्र बोहरा, नगरपालिकाका कर्मचारी, नीति र योजना बनाउने जिम्मा पाएको पक्षलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा भूउपयोग नीति र आवधिक नगर विकास योजना निर्माणको प्रगति प्रतिवेशदन प्रस्तुत गरिएको थियो ।