मंगलसेनमा आज भारी डेउडा खेल लाग्दैः डोटीकी चर्चित डेउडा खेलाडी टिका सानी खेल्ने

मंगलसेन । डोटीकी चर्चित डेउडा खेलाडी टिका सानी र अछामका अर्का डेउडा खेलाडी प्रेम भाट बीचमा मंगलसेनमा आज भारी डेउडा खेल हुने भएको छ । आज शनिबारका दिन दरबार पछाडिको खुला मञ्चमा दिउसो १२ बजेबाट डेउडा खेल लाग्ने भएको हो ।

टिका सानी उर्फ टिका साउँद र भाट लगायतका डेउडा खेलाडी बीचमा खेल हुने मंगलसेनका सक्रिय यूवा शिद्धप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।  अन्य केही स्थानीय डेउडा खेलाडीले पनि टिका सानुसँग डेउडा खेल खेल्ने छन् । डेउडा खेलमा इच्छुकले खेलमा समेत सहभागी हुन पाउने छन् । 

रमाइलो डेउडा खेल खेल्न र हेर्नका लागि सार्वजनिक व्यक्ति र सर्वसाधारण सबैलाई निम्तो गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page