कार्यसम्पादनमा अछामका कुन स्थानीय तह कहाँ ? हेर्नुहोस्

मंगलसेन नगरपालिका प्रथम, मेयरले दिए सबैलाइ धन्यवाद

मंगलसेन । अछामका १० वटा स्थानीय तह मध्ये मंगलसेन नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ । स्थान हासिल गरेको छ । आयोगले स्थानीय तहले प्राप्त गरेको प्रकाशित नतिजा अनुसार विभिन्न १७ वटा सुचकमा ७० दशमलव ३९ अंक मंगलसेन नगरपालिकाले प्राप्त गरेर प्रथम भएकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयाे । 

आयोगले मंगलबार प्रकाशित गरेको प्रतिवेदन अनुसार दोश्रोमा ६४ दशमलव ०४ अंक पाएर चौरपाटी गाउँपालिका दोश्रो र ५३ दशमलव २३ अंकमा बान्नीगढी जयगढ गाउँपालिका तेश्रो भएको छ । क्रमशः साँफेबगर नगरपालिकाले ५३ दशमलव १६ अंक, मेल्लेख गाउँपालकाले ५३ दशमलव ०३ अंक, तुर्माखाँद गाउँपालिकाले ४९ दशमलव ३७ अंक र पञ्चदेवल विनायक नगरपालिकाले ४९ दशमलव १० अंक प्राप्त गरेको छ । यस्तै रामारोशन गाउँपालिकाले ४८ दशमलव ५९ अंक, ढकारी गाउँपालिकाले ४६ दशमलव ७४ अंक र कमलबजार नगरपालिकाले ४५ दशमलव ९९ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्यांकनको क्रममा देशभरका नगरपालिका मध्येमा मंगलसेन नगरपालिका नौ स्थानमा परेको छ । नेपाल सरकारबाट आर्थिक वर्ष २०८१÷८२ का लागि आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तिय समानिकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङकन वाफत अन्तिम नतिजा प्रकाशित गरिएको छ ।

कार्यसम्पादनका क्रममा जिल्लामा पहिलो भएकाे भन्दै नगरप्रमुख बोहराले आफू हर्षित भएको फेसबुकबाट सार्वजनिक गर्नुभएकाे छ । प्रमुख बोहराले महत्त्वपूर्ण उपलब्धि प्राप्तिका लागि नगरका उप-प्रमुख, सबै जनप्रतिनिधि र मंगलसेन नगरपालिका प्रमुख प्रशाकिय अधिकृतसहित सम्पूर्ण विषयगत शाखा प्रमुख तथा अन्य कर्मचारीमा धन्यवाद व्यक्त गर्नुभएकाे छ । प्रमुख बाेहराले फेसबुकमा लेख्नुभएको छ- ‘आगामी वर्ष हाम्रो यस मंगलसेन नगरपालिकालाइ कार्यसम्पादनमा देशकै प्रथम स्थाममा पुर्यायाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता नगरवासी समक्ष व्यक्त गर्न चाहान्छु ।’

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ। कार्यसम्पादनको नतिजा अनुसार स्थानीय तहमा आउने समानिकरणको बजेटमा समेत तलमाथि हुने गरेको बताइन्छ । नतिजाका आधारमा स्थानीय तहले बजेट पाउने भनाइ छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page